एमालेको उम्मेदवार नै राष्ट्रपति हुन्छ : अध्यक्ष ओली

फाल्गुन १२, २०७९ मा प्रकाशित | 381 views

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गर्नुभएको छ ।

शुक्रवार आज प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गर्नुभयो । उहाँले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन ।’

प्रतिनिधि सभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web