सामुदायिक आँखा केन्द्र विदुरमा ४६ जना मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया

माघ २७, २०७९ मा प्रकाशित | 595 views

त्रिशूली । तिलगंगा आँखा प्रतिष्ठान गौशाला, जिल्ला सामुदायिक आँखा केन्द्र विदुर नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटको संयुक्त आयोजनामा गरिएको दुई दिने शल्यक्रियामा ४६ जनाको आँखाको दृष्टि फर्काइएको छ ।

यसअघि नै पहिचान भएका बिरामीहरुको यही मंगलबार र बुधबार दई दिनसम्म गरिएको शल्यक्रिया शिविरमा ४१ जना मोतिबिन्दु भएका बिरामी र ५ जना मसुपलाएका बिरामीको समेत गरेर कुल ४६ जनाको आँखाको शल्यक्रिया गरेर ज्योती फर्काइएका सामुदायिक आँखा केन्द्र नुवाकोटका प्रमुख ताराबहादुर वाइवाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार जिल्लाको सूर्यगढी, लिखु र दुप्चेश्वर गाँउपालिकामा सञ्चालन गरिएको निःशुल्क शिविर मार्फत पहिचान भएका बिरामीहरुको लागी तिलगंगा आँखा प्रतिष्ठानबाट आएका बरिष्ठ बाल नेत्ररोग विशेषज्ञ सहितको स्वास्थ्यकर्मी मार्फत सहुलियत शुल्कमा नुवाकोटमा नै शल्यक्रिया गरेर मोतियाबिन्दु भएर गुमेको तथा न्यून दृष्टि भएकाहरुको पुनः दृष्टि फर्काउन सफल भएको हो ।

बिरामीको शल्यक्रियाको नेतृत्व गर्नुभएका तिलगंगा आँखा प्रतिष्ठानका बाल नेत्ररोग विशेषज्ञ डा. रोजिता पराजुलीले ज्येष्ठ नागरिकहरुमा बढी समस्या हुने गरेको मोतियाबिन्दु पछिल्लो समयमा वयस्कहुदै बालबालिकामा समेत देखा पर्न थालेको भन्दै अभिभावकले बढी ध्यान दिनुपर्ने सुझाब दिनुभएको छ ।

बालबालिकालाई मोबाइल, टिभी लगायतका स्क्रिन उज्यालो भएका प्राविधिको उपयोग गर्नबाट जोगाउने र खानपानमा ध्यान दिएर भिटामिन ए युक्त खानेकुरा खुवाएर बालबालिकाको आँखालाई सुरक्षित बनाउन सकिने तिलगंगा आँखा प्रतिष्ठानका बाल नेत्ररोग विशेषज्ञ डा. रोजिता पराजुलीले सुझाब दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web