नुवाकोट महोत्सव : प्रशासनले जुनसुकै समयमा तत्कालै बन्द गराउन सक्ने चेतावनी सहितको १७ बुँदे अनुमति

माघ २६, २०७९ मा प्रकाशित | 370 views

त्रिशूली । नुवाकोट उद्योग बाणिज्य संघले नाफा कमाउन गर्न लागेको सातौ नुवाकोट महोत्सव सञ्चालनको लागी प्रशासनले विभिन्न १७ बुँदे निर्देशन सहितको सहमति दिएको छ ।
महोत्सव सञ्चालनको लागी संघले माग गरेको अनुमतिमा प्रशासनले शान्ति सुरक्षा, उपभोक्ता अधिकार तथा बजारमूल्य, आर्थिक पारदर्शिता लगायतका विषयको दृष्टिकोणलाई समेत मध्येनजर गर्दै १७ बुँदे निर्देशन सहितको महोत्सव सञ्चालनको अनुमति दिएको हो । अघिल्ला पटक महोत्सव सञ्चालन गर्दा आर्थिक पारदर्शि नभएको तथा हिनामिना गरिएको आरोप खेप्दै आएको उद्योग बाणिज्य सघलाई यो पटक महोत्सव सम्पन्न भएको १५ दिनभित्र लेखा परीक्षण गरेर खर्च विवरण सार्वजनिक गर्न र त्यसको लिखित जानकारी प्रशासन कार्यालयमा बुझाउन निर्देशन दिइएको छ ।

प्रशासन कार्यालय नुवाकोटले उद्योग बाणिज्य संघ नुवाकोटलाई महोत्सव सञ्चालनको लागी दिएको १७ बुँदे निर्देशनको बुदाँ नं. ४ मा ‘मेलाको आम्दानी र खर्चको विवरण दुरुस्त राख्नुपर्ने र महोत्सव सम्पन्न भएको १५ दिनभित्र लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न र त्यसको एक प्रति नुवाकोट प्रशासनलाई बुझाउन’ भनिएको छ ।

आर्थिक पारदशर्शिता सहित शान्ति सुरक्षा र उपभोक्ता अधिकारको पक्षम पनि प्रशासनले स्पष्ट रुपमा किटान सहित तोकिएका नियमको पालना गराउन सचेत गराएको छ । महोत्सवमा स्थानीय उत्पादन, स्थानीय पहिचान, जिल्लाको उत्पादनको योगदान पुग्ने तथा प्रबद्र्धन गर्ने किसिमका सामाग्रि समावेश गराउनलाई प्राथमिकता दिन प्रशासनले निर्देशन दिएको छ भने स्टलमा म्याद गुज्रेका, मिसावट तथा अखाद्य वस्तुहरु नराख्नको लागी सचेत गराएको छ । यसअघिका महोत्सवमा जिल्ला बाहिर र विदेशी उत्पादनका जंकफूड, लत्ताकपडा, भाडावर्तनहरु प्रशस्त मात्रामा राख्ने गरेको पाइएपछि यो पटक प्रशासनले त्यसो नगर्न सचेत गराएको छ ।

यस्तै, महोत्सव सञ्चालन गर्दा तोकिएको दिनको हरेक बिहान ११ बजेदेखि साझ ७ बजेसम्म मात्रै गर्नुपर्ने, जुवा, तास तथा अन्य हारजित हुने खेलहरु खेलाउन नपाइने, महोत्सवलाई व्यवस्थित बनाउन प्रयाप्त सङ्ख्यामा स्वयम सेवकहरु खटाउनुपर्ने र त्यसको विवरण जिल्लामा रहेका सुरक्षा निकायलाई समेत दिनुपर्ने भनिएको छ भने  महोत्सवमा सुरक्षालाई प्रभावित बनाउने कुने गतिविधि भएको तथा हुनसक्ने संकेत देखिएमा र कोरोना रोग तथा यस्तै अन्य कुनै सक्रमण फैलिएमा जुनसुकै समयमा पनि स्थानीय प्रशासनले महोत्सव तत्कालै बन्द गराउने सक्ने निर्देशन बुँदा नं. ५ र १७ मा भनिएको छ । 

कानूनले निषेध गरेका गतिविधि गर्न नपाइने भनिएको छ भने महोत्सवमा भएका गतिविधिको जानकारी आयोजकले दैनिक रुपमा नुवाकोट प्रशासन र नजिकै रहेको सुरक्षा इकाईलाई गराउनुपर्ने भनिएको छ । महोत्सव आयोजना स्थलमा हुनसक्ने विद्युतीय गढबढ तथा अन्य दुर्घटना भएमा त्यसको औषधि उपचार र बीमाको सुनिश्चित गराउनुपर्ने र त्यसको जानकारी नुवाकोट प्रशासनलाई गराउनुपर्ने भनिएको छ ।

नुवाकोट प्रशासनले उद्योग बाणिज्यलाई दिएको अनुमतिमा महोत्सव स्थलमा मदिराजन्य पदार्थ सेवनमा पूर्ण रुपमा निषेध गर्नुपर्ने, सुरक्षा संयोजक बनाएर सुरक्षाकर्मीसग नियमित रुपमा समन्वय गर्नुपर्ने, जोखिमपूर्ण खेलहरु खेलाउन नपाइने, राजमार्ग अबरोध हुने तथा आवागमन प्रभावित बनाएर अवलोकनकर्तालाई राख्न नपाइने र पार्किङको लागी समेत सडकमा राख्न नपाइने गरेर उचित स्थान मिलाउनुपर्ने भनिएको छ ।
नुवाकोट प्रशासनले महोत्सव सञ्चालनको क्रममा उत्पन्न हुने फोहोरमैलाको व्यवस्थापन उचित रुपमा मिलाउन, प्रकाकृतिक श्रोत र सरकारी सम्पत्तिको दुरुपयोग गर्न नपाइने, कोरोना रोग सहित सरुवाजन्य रोगको सक्रमणको जोखिमबाट सुरक्षित हुने वातावरण बनाउन आवश्यक पूर्व तयारी र त्यसको कार्यान्वयन गर्नको लागी संघलाई निर्देशन दिएको छ ।

अघिल्ला महोत्सवहरुमा आर्थिक अपारदर्शी, व्यवस्थापनमा लापबारही, महोत्सव भित्र राखिएका स्टलमा जाडरक्सीको विक्री र खुलमखुला सेवन लगायतक घटना भएपछि यो पटक नुवाकोट प्रशासनले सघले नाफा कमाउन मात्र केन्द्रित नहुने सचेत गराउदै प्रशासकीय अधिकृत सुरेश श्रेष्ठले हस्ताक्षर गरेर दिएको १७ बुँदे निर्देशनमा भनिएको छ ।

महोत्सव सञ्चालनको लागी पालना गर्नुपर्ने शर्तको उल्लंघन भएको पाइएमा तत्कालै महोत्सव रोक्न बाध्य हुने प्रशासनले दिएको अनुमतिमा चेतावनी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web