त्रिशूली । जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले उपलब्ध गराएको बजेटको सही रुपमा कार्यान्वयन गराउनको लागी स्थानीय तहहरुले सहजिकरण गर्नुपर्ने हो । तर, नुवाकोटका केही पालिकाहरुमा त्यसो नहुदाँ विकासको लागी प्राप्त बजेट कार्यान्वयमा समस्या देखिएको छ । समयमै सँस्था दर्ता तथा नविकरण गर्न, उपभोक्ता समिति गठनको लागी समयसीमा तोक्ने र काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने भएपनि आफ्नो पालिकामा आउने योजना प्रति सम्बन्धित पालिकाको कर्मचारी र जनप्रतिनिधिहरुबाट नै वेवास्था समेत भएको केही तथ्यहरुले त्यसलाई पुष्टि गरेको छ । त्यसको मुख्य कारण पालिकामा प्रशासकीय अधिकृत नहुने, निमित्तले बाहनाबाजी देखाएर काम नगर्ने तितो यर्थाथ समेत रहेको छ ।
जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा रहेको सिमित जनशक्तिको बाबजुत योजनालाई समयमै सम्पन्न गर्न सक्रिय रुपमा लागिरहेको भएपनि स्थानीयतहबाट हुनुपर्ने सहयोग भने अपेक्षा अनुसार तथा जसरी लाग्नुपर्ने हो सोही अनुसार नलाग्दा लाभ लिनबाट किसान उपभोक्ता नै समस्यामा परिरहेको बताउनुुहुन्छ जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय नुवाकोटका डिभिजन प्रमुख हरिप्रसाद गुरागाई ।
<
15.58¡ÆC