शिलादेवी माविको ४७ औँ बार्षिकोत्सव सम्पन्न

माघ २४, २०७९ मा प्रकाशित | 256 views

शिलादेवी माविको ४७ औँ बार्षिकोत्सव सम्पन्न

बेलकोटगढी नगरपालिका भित्र सञ्चालनमा रहेको एकमात्रै प्राविधिक शिक्षा अध्यापन गराउदै आएको वडा न. ७ कोलचौरमा रहेको शिलादेवी माध्यामिक विद्यालयको ४७ औँ बार्षिकोत्सव तथा २६ औँ अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालयमा सोमबार आयोजित बार्षिकोत्सव तथा अभिभावक भेला मार्फत विद्यालयका आय/व्याय सार्वजनिक, विद्यालयको वस्तुस्थित तथा नयाँ व्यवस्थापन समिति गठन गरिएको विद्यालयक प्रधानध्यापक सिताराम लामिछानेले जानकारी दिनुभएको छ । पालिकाभित्रको एकमात्रै प्राविधिक शिक्षा अध्यापन गराउदै आएको शिलादेवी विद्यायलको लागी आर्थिक अवस्था कमजोर रहेको, शिक्षक दरबन्दीको अभाव हुदाँ समेत नगरको तर्फबाट अपेक्षा अनुसार सहयोग नभएको प्रधानध्यापक सिताराम लामिछानेले गुनासो गर्नुभएको छ ।

No description available.

आन्तरिक श्रोतबाट प्राविधिक शिक्षा अध्यापन गराउन सुरु गर्दा नगरको तर्फबाट सहयोगको आश्वासन पाएर सञ्चालनम ल्याइएको र नगरले पनि शिक्षाको क्षेत्रमा ठूलो लगानी गर्दै आएको भएपनि विद्यालयको लागी अत्यावश्यक शिर्षकको लागी प्रयाप्त नभएको हुदाँ आगामी दिनमा भने विद्यालयमा प्राविधिक शिक्षा सहित साधारणधार तर्फको शिक्षा अध्यापन गराउनको लागी आवश्यक सहयोगको अपेक्षा गरेको उहाँले बताउनुभयो ।

No description available.

बेलकोटगढी नगरपालिकाको उपप्रमुख शिवप्रसाद दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको बार्षिकोत्सव तथा अभिभावक भेलामा वडा नं. ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, पूर्ववडाध्यक्ष हेमनिधी नेपाल लगायतका राजनीतिक दलका प्रतिनिधि, शिक्षा प्र्रेमी, बुद्धिजिवी, समाजसेवी, छिमेकी विद्यालयका प्रधानध्यापक तथा शिक्षक, लगायतका सरोकारवालाहरुले विद्यालयले प्राप्त गदै आएको सफलताको निरन्तरताको लागी शुभकामना व्यक्त गर्नुभएको छ ।

No description available.

यसैबीच सोमबार नै सम्पन्न २६ औँ अभिभावक भेला मार्फत व्यवस्थापन समितिको नयाँ पदाधिकारी चयनको लागी चार जना सदस्यहरु सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अभिभावकहरुबाट सर्वसम्मत रुपमा दिलबहादुर राई, मनवीर मिजार, कमल बहादुर मगर र सानुमाया सुनारलाई व्यवस्थापन समितिको सदस्य चयन गरिएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web