विदुर नगरपालिकाको १२ औँ नगरसभा मार्फत ‘बिनियोजन विधेयक’ सर्वसम्मतले पारित

माघ २२, २०७९ मा प्रकाशित | 415 views

नुवाकोटको विदुर नगरपालिकाको हिउदे अधिवेशन मार्फत केही योजनाहरु रकमान्तर’ गर्दै योजनाको बजेटको दायरा परिवर्तन गरिएको छ ।
आज बसेको १२ औँ नगरसभाको सभाध्यक्ष अर्थात नगरप्रमुख राजन श्रेष्ठको अनुमतिमा नगर उपप्रमुख प्रभा बोगटीले पेश गरेको विदुर नगरपालिकाले चालु आर्थिक वर्षको लागी ल्याएको योजना तथा बजेट सम्बन्धमा ‘कार्यक्रम तथा बजेटको सशोधन तथा रकमान्तर’ ‘बिनियोजन विधेयकलाई नगरसभाले सर्वसम्मतले पारित गरेको हो ।

१२ औँ हिउदे आधिवेशन मार्फत ‘बिनियोजन विधेयकले नगरपालिकाले यसअघि कार्यान्वयनको लागी पेश गरेको योजना तथा बजेट मध्ये २३० वटा योजना रकमान्तरण गर्दै बजेटको दायरा घटाएको छ भने १०७ वटा योजनामा बजेटको दायरा बढाएको उल्लेख गरिएको छ ।

अघिल्लो वर्षको बाँकी रहेको १४ करोड भन्दा बढी ऋणामा रहेको नगरपालिको चालु अर्थिक वर्षमा रकम भुक्तानी गर्ने प्रयोजनार्थ बजेटको आधार घटबढ गरेर बिनियोजन बिधेयक ल्याउनु आवश्यक परेको उपप्रमुख प्रभा बोगटीले उल्लेख गर्नुभएको छ ।

May be an image of 1 person and standing

१२ औँ हिउदे आधिवेशनमा नगरप्रमुख राजन श्रेष्ठको अनुमतिमा उपप्रमुख प्रभा बोगटीले ल्याएको बिनियोजन बिधेयकले १९ करोड ५३ लाख रुपैयाँ बजेट रकमान्तर गरिएको छ । बजेटको आकार घटाउदाँ आवश्यकताको आधारमा घटबढ गरिएकाले कुल बजेटको दायरा भने यसअघि सार्वजनिक गरिए अनुसार नै एक अर्ब २४ करोड ८३ लाख रुपैयाँ नै कायम रहेको नगरप्रमुख राजन श्रेष्ठले स्पष्ट पार्नुभएको छ ।

May be an image of 1 person, sitting, standing and text that says "आधवशन ंगटे, नुवाव नगर प्रमुख"

नगरसभा समक्ष नगरसभाका सदस्दयहरुले बजेटको आकारमा परिवर्तन आएसगैँ ऋणमा रहेको नगरपालिकालाई यो आर्थिक वर्ष भित्रै ऋण मुक्त हुने बातावरण सुनिश्चत गर्न, यो आर्थिक वर्षमा पुँजीगत बजेटको खर्च सुरु नभएकाले अब तिव्र गतिमा योजना कार्यान्वयनतर्फ अघि बढाउन, स–साना योजनालाई ध्यान दिदै नगरको तर्फबाट गौरवको योजना ल्याउनको लागी सुझाब दिएका छन् ।

May be an image of 5 people, people standing, people sitting and indoor

May be an image of 3 people, people sitting and people standing

May be an image of 9 people, people sitting, people standing and indoor

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web