त्रिशूली । नुवाकोट उद्योग बाणिज्य सघले सातौँ नुवाकोट महोत्सवबाट ५० लाख भन्दाबढी नाफा कमाउने लक्ष्य लिएको जनाएको छ ।
यही माघ २७ गतेदेखि पिपलटारमा गर्न लागेको महोत्सवमा नुवाकोटमा उत्पादन भएको कृषि सामाग्रिको प्रदर्शनी, यहाँको धार्मिक स्थल, कला सस्कृति, पुरातात्विक सम्पदाको प्रचारप्रसाद भन्दा पनि जिल्ला बाहिर उत्पादन भएका तथा ठूलो उद्योगका स्वास्थ्यको लागी हितकर नहुने सामाग्रि विक्रीलाई प्रश्रय दिएर नाफा कमाउने लक्ष्य लिएको हो ।
महोत्सवमा राख्ने खेलौनाको लागी एकमुष्ट ३५ लाख रुपैयाँ ठेक्का दिएको छ भने स्टल विक्री, टिकट विक्री, जिल्लाका स्थानीयतह, संघसस्थाहरुसंग संकलन गरिने सहयोग, प्रायोजक र तथा ब्यापारिक विज्ञापनहरुबाट समेत गरेर थप अर्को ३५ लाख आम्दानी गर्ने लक्ष्य उद्योग बाणिज्य संघले लिएको हो ।
महोत्सवमा ५ करोडको कारोबार हुने, ५ लाखले अवलोकन गर्ने लक्ष्य लिएको भएपनि कुल कारोबारको नाफा बताउन नचाहेको उद्योग बाणिज्य संघले ७० लाख आम्दानी गर्ने लक्ष्य लिएर कलाकारको लागी १० लाख र व्यवस्थापनको लागी १० लाख खर्च गरेर बाँकी रहने ५० लाख नाफा कमाउने लक्ष्य लिएको सघका सदस्यहरुले बताएका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएर ऋण तिर्न नसक्ने अवस्था भएको भन्दै बैक तथा वित्तिय सँस्था विरुद्ध आन्दोलन गर्दै हिड्ने उद्योग बाणिज्य संघले महोत्सवको नाममा जिल्ला बाहिरको सामाग्रि बिक्री गर्नको लागी स्टल विक्री गर्ने, खेलौना देखाउनको लागी महङ्गो शुल्क लिएर जिम्मा लगाएसगैँ महोत्सव मार्फत पाच करोडको करोबार हुने रकम सबै नुवाकोटबाट बाहिर जाने देखिएको छ ।
यसअघिका महोत्सवले जिल्लामा कुनै नयाँ उद्योग कलकारखाना फस्टाउन, आन्तरिक पर्यटन बढाउन तथा कृषि उब्जनी, हस्तकलाको सामाग्रिलाई बढवा दिन नसकेको आरोप लाग्दै आएको संघले यो पटक खेलौना देखाउन आउने नारायणी फेयर एक्जिविशनलाई लगाएको ३५ लाख आम्दानी गर्ने ठेक्काको उक्त कम्पनीले यहाँबाट दुई करोड भन्दा बढी लैजाने लक्ष्य लिएको जनाएको छ ।
चरम आर्थिक संकटको समयमा नुवाकोट उद्योग बाणिज्य संघले जिल्लाको सामाग्रि बिक्री गरेर जिल्लाभित्र रकम भित्र्याउन लाग्नुपर्ने ठाँउमा उल्टै जिल्लाको पैसा बाहिर पठाएर थप आर्थिक सकटको सिजर्ना गर्न लागेको भन्दै पूर्वअध्यक्षहरुले समेत महोत्सवलाई नामा कमाउने र ब्यापार गर्ने थलोको रुपमा नलिन सुझाब दिएका छन् ।
उद्योग बाणिज्य संघ नुवाकोटका पूर्व अध्यक्ष शरणउत्सुक सापकोटाले महोत्सवले नुवाकोटको लागी प्रसिद्ध कमाएको कृषि उब्जनीको प्रचार गर्न र यहाँको किसानले लाभ लिनसक्ने बनाउन, यहाँको हस्तकलाको सामाग्रि बिक्री गरेर बाहिरी जिल्लाको पैसा भित्र्याउन लाग्नुपर्ने भएपनि त्यसो नगरी केवल नाफा कमाउने उद्देष्य राखेर गर्न लागेको भन्दै अझै पनि सुधार गर्न समय भएकाले सच्चिन सुझाब दिनुभएको छ ।
उहाँ अध्यक्ष हुदाँको बखतमा नै नुवाकोटमा पहिलो पटक महोत्सव सञ्चालन गरिएको थियो । त्यस समयको भन्दा अहिलेको महोत्सवसम्म आइपुग्दा स्वरुप र सञ्चालनमा निकै ब्यावसायिक भइसेको छ ।
महोत्सव मार्फत खेलौना र कलाकारलाई पैसा कमाउने श्रोत नभई जिल्लाका किसान र साना उद्योगीले लाभ पुग्ने र जिल्लाको धार्मिक सम्पदना, पर्यटकीय क्षेत्रको प्रचार गर्ने तर्फ केन्द्रित हुनुपर्ने भएपनि अब गर्न लागिएको सातौ महोत्सवमा उद्योग बाणिज्य सघले नाफा कमाउन लागेको र जिल्लालाई आर्थिक रुपमा थप कमजोर बनाउने प्रतिक्रिया दिनुभएको छ ।
18.12¡ÆC