त्रिशूली । नुवाकोटमा आजदेखि कोरोना रोग विरुद्धको “पी–फाइजर” खोप लगाइने भएको छ ।
आज माघ ६ र भोलि ७ गते नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका सहित जिल्लाको अधिकांश स्थानीयतहले बालबालिकालाई कोरोना रोग विरुद्धको “पी–फाइजर” कम्पनीको खोप लगाउन लागेको हो । जन्मेको पाचबर्ष देखी ११ बर्षसम्मको अर्थात १२बर्षमुनिका उमेर समूहका बालबालिकको लागि कोरोना रोग विरुद्धको “पी–फाइजर” कम्पनीको पहिलो र दोस्रो डोजको खोप लगाउन लागिएको छ ।
यसअघि लगाइसकेकालाई दोश्रो डोजको खोप लगाउन लागिएको हो भने अहिलेसम्म खोप नलगाएका बालबालिकालाई पहिलो डोजको खोप लगाउन लागिएको बेलकोटगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख सत्येन्द्र शाहले जानकारी दिनुभएको छ । उहाँको अनुसार कोरोना रोग विरुद्धको खोप सबै वडामा तोकिएको स्वास्थ्य केन्द्रबाट लगाइने भएकाले आ–आफ्नो वडामा रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरेर बाँकी रहेकाहरुलाई अनिवार्य रुपमा खोप लगाउनको लागी अनुरोध गरिएको छ ।
खोप लगाउन आउजाउ गर्दा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न, पहिला डोजाको खोप लगाउदा जन्ममिति खुल्ने कागजात साथमा लैजान र दोस्रो डोज खोप लागाउन जाँदा पहिलो डोज लगाएको खोप कार्ड अनिबार्य साथमा लैजान अनुरोध गरिएको बिदुर नगरपालिका स्वास्थ्य शाखाका कोभीड फोकल पर्सन (जनस्वास्थ्य निरीक्षक) रामराजा भण्डारीले जानकारी दिनुभयो ।
उहाँको अनुसार कोरोना रोगको सक्रमण भएको लक्षण देखिएको छ भने खोप लगाउन हुन्न भने कोरोना रोग लागेको भएमा रोग निको भएको एकमहिनासम्म भने खोप लगाउन नहुने भएकाले सावधानी अपनाउनुपर्नेछ ।
23.19¡ÆC