त्रिशूली । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटले रसुवाको धुञ्चेमा सम्पर्क केन्द्र स्थापना गरेर सेवा दिन सुरु गरेको छ ।
नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको पशु सेवा विज्ञ केन्द्रले जनशक्ति अभावको कारण बन्द भएको सेवा हालै कर्मचारी थप गरेर सेवा सञ्चालनमा ल्याएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभएको छ । उहाँको अनुसार अहिलेको लागी बन्द भएको पशु सेवा विज्ञ केन्द्रको सेवा सुचारु गराउनको लागी धुञ्चेमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा केन्द्र सुरु गरेर कार्यालयबाट रसुवा जिल्लाको लागी प्रवाह गर्ने सेवा सुरु गरिएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यायल स्थापनाको समय २०७५ सालदेखि सेवा केन्द्र सञ्चालनमा ल्याएको भएपनि पछिल्लो करीब एकवर्षदेखि कर्मचारीको अभावको कारण सेवा केन्द्र बन्द भएको थियो ।
हालै पुनःस्थापना गरिएको सेवा केन्द्र मार्फत पशुपन्छी पालक किसानलाई आवश्यक परामर्श, प्राविधिक जानकारी, पशु सेवा विज्ञ केन्द्रले प्रवाह गर्ने कार्यसम्पादनको रसुवामा सञ्चालित कार्यक्रमको कार्यान्वयन, आवश्यक निवेदन संकलन, पशुपंक्षी उपचार सेवा लगायतको कार्य धुञ्चेमा सम्पर्क केन्द्रबाट प्रवाह सुरु भएको कार्यालय प्रमुख भरत पाण्डेले जानकारी दिनुभएको छ ।
.
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रसुवाको धुञ्चेबाट सेवा केन्द्र सञ्चालनमा ल्याएको भएपनि आफ्नो भवन भने नपाएको गुनासो गरेको छ । यसअघि पशु सेवा विज्ञ केन्द्रको पुरानो भवन भूकम्पको कारण जोखिममा परेपछि निर्माण गरिएको नयाँ भवन नापी कार्यालय रसुवाले प्रयोग गरेपछि पुरानै जोखिमको भवनमा बसेर सेवा दिन बाध्य भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र
नुवाकोटका प्रमुख भरत पाण्डेले गुनासो गर्नुभएको छ ।
पशु सेवा विज्ञ केन्द्रको सेवा दिनको लागी सोही अनुसारको डिजाइनमा बनेको सुविधा सम्पन्न नयाँ भवन केही समयको लागी भनेर नापी कार्यालय बसेको भएपनि अहिले छाड्न आनाकानी गर्दै आइरहेको पाइएको छ ।
नयाँ भवन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको लागी नै आवश्यक पर्ने भएकाले नापी कार्यालयलाई भवन खाली गर्न अनुरोध गरिएको छ । भवन खाली गराउन गरिएको अनुरोध अटेर गरेकाले सरकारी कार्यालयबीच टकराबको अवस्था नआई सहजै आफ्नो भवन पशु सेवा विज्ञ केन्द्रले पाउनेमा आशावादी रहेको कार्यालय प्रमुख भरत पाण्डेले बताउनुभएको छ ।
19.67¡ÆC