त्रिशूली । कोरोना रोगको सक्रमणको जोखिम बढेको भन्दै बिरामीको स्वास्थ्य परीक्षणमा सहयोग पुराउन नुवाकोटको त्रिशूली अस्पताललाई विदुर नगरपालिकाले आवश्यक जनशक्ति उपलब्ध गराउन सुरु गरेको छ ।
अस्पतालको लागी आवश्यक जनशक्ति तथा उपकरण सहयोग गर्ने कार्यक्रम अन्तरगत यही सातादेखि एकजना ल्याब टेक्निसियन (कर्मचारी) त्रिशूली अस्पताललाई उपलब्ध गराएको विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।

अस्पताललाई उपलब्ध गराएको ल्याब टेक्निसियनले त्रिशूली अस्पतालको प्रयोगशालामा कोरोना रोगको सक्रमणको समयमा बढ्ने बिरामीको पहिचान तथा परीक्षणमा सहयोग पुग्ने त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
त्रिशूली अस्पतालको लागी आवश्यक थप जनशक्ति, उपकरण लगायत नगरपालिकाको सामथ्र्य अनुसारको सहयोग आगामी दिनमा निरन्तर रहने विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिनुभयो ।
23.22¡ÆC