बाग्मती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक विजयी

पुस २९, २०७९ मा प्रकाशित | 691 views

मकवानपुर । बाग्मती प्रदेश सभाकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भुवन पाठक विजयी हुनुभएको छ । उहाँ ६२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

आज शुक्रवार प्रदेश सभामा भएको चुनावमा राप्रपाका महामन्त्रीसमेत रहनुभएका पाठक विजयी हुनुभएको हो । सभामुखमा तीन जनाको प्रतिस्पर्धा भएकोमा उहाँ सत्तारूढ दलहरूका तर्फबाट उम्मेदवार बन्नुभएकाे थियाे । पाठकलाई राप्रपासहित नेकपा एमाले, माओवादी केन्द्र र हाम्रो नेपाली पार्टीका सांसदले मतदान गरेका थिए ।

नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका शिवराज अधिकारीले ३६ मत प्राप्त गर्नुभएको छ । यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद सिर्जना सायजुले तीन मतमात्र प्राप्त गर्नुभयो ।

सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकिपाले छुट्टाछुट्टैरूपमा सभामुखका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web