एजेन्सी, टोकियो ।
सन २००० मा फिफाले अर्जेन्टिनाका डिएगो म्याराडोनासँग संयुक्त शताब्दीको खेलाडी घोषित गर्ने एकमात्र तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल लिजेन्ड पेलेको बिहीबार क्यान्सरसँगको लडाइमा मृत्यु भएको छ । समाचार सस्थाहरुका अनुसार पेलेको ८२ बर्षको उमेरमा निधन भएको हो ।
पेलेको वास्तविक नाम एडसन एरेन्तेस दो नासिमेन्तो हो । पेलेले १,३६३ खेलहरूमा १,२८१ गोलहरू सहित, खेलकुदको सबैभन्दा उत्कृष्ट खेलाडीका रुपमा आफुलाई चिनाएका छन ।
पेले जसलाई ’फुटफलको राजा’ भनेर चिनिन्छ उनको ट्रेस कोराकोस, मिनास गेराइसमा जन्म भएको थियो । पेलेले १५ वर्षको उमेरमा सान्तोससँग आफ्नो करियर सुरु गरेका थिए। १७ वर्षको उमेरमा उनले सन् १९५८ मा विश्वकपमा डेब्यु गरेका थिए।
उनले १० नम्बरको जर्सी लगाएर एकै खेलमा छ गोलहरू गर्दै ब्राजिललाई पहिलो उपाधि दिलाएका थिए । साथै विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता समेत बने ।
पेलेले चिलीमा १९६२ को फाइनल चोटका कारण गुमाएका थिए । जसमा ब्राजिलले दोस्रो उपाधि जितेको थियो भने १९७० मा मेक्सिकोमा चार गोल गर्दै अर्को मुख्य भूमिका खेल्दै पेलेले तेस्रो विश्व कप जितेका थिए ।
प्राविधिक, गति र एथलेटिसका महान पेलेले ब्राजिलका लागि ७७ गोलकर्ताको सूचीमा एक्लै थिए, हालको १० नम्बरमा रहेका नेयमारले कतार विश्वकपमा पेनाल्टी सुटआउटमा क्रोएसियासँगको क्वार्टरफाइनलबाट बाहिरिने क्रममा आफ्नो कीर्तिमानलाई बराबरी गरे ।
आफ्नो अन्तिम खेल वर्षहरूमा न्यूयोर्क कोसमोसमा सामेल हुनु अघि आफ्नो करियरको अधिकांश समय सान्तोसमा बिताउने पेलेले १९९५ देखि १९९८ सम्म ब्राजिलको खेलकुद मन्त्रीको रूपमा सेवा समेत गरेका थिए ।
29.12¡ÆC