चिनियाँ राष्ट्रपति सी र रुसी नेता मेदभेदेवबीच भेटवार्ता

पुस ७, २०७९ मा प्रकाशित | 599 views

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ र युनाइटेड रसिया पार्टीका अध्यक्ष दिमित्री मेदभेदेवबीच भेटवार्ता भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा चीनका राष्ट्रपति सी र रुसी नेता मेदभेदेवको भेटवार्तामा राजनीतिक आपसी विश्वासलाई थप सुदृढ बनाउनेबारे छलफल भएको छ ।

सीपीसीको निमन्त्रणामा चीन भ्रमणमा रहेका रुसी नेता मेदभेदेवलाई राष्ट्रपति सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनले आधुनिक समाजवादी देश निर्माण गर्ने तथा राष्ट्रको पुनर्जागरणलाई सबै पक्षमा अगाडि बढाउने लक्ष्य निर्धारण गरेको समेत जानकारी गराउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भेटमा राष्ट्रपति सीले रुससँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । साथै दुई पक्षबीच शासन अनुभव, विकास रणनीतिलाई एकीकरण गर्ने र राजनीतिक दलहरूबीच अन्तर्राष्ट्रिय तथा बहुपक्षीय सहयोगलाई प्रवर्द्धन गर्ने विषयमा निरन्तर छलफल गर्ने समझदारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web