एमालेले सांसदहरुलाई प्रशिक्षण दिँदै

पुस ३, २०७९ मा प्रकाशित | 450 views

काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ । मंगलबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले नेताहरुले बताएका छन् ।

संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टी नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तयारी भएको एमालेले जनाएको छ । प्रतिनिधिसभामा ७८ सिट जितेको एमालेमा २९ जना पहिलोपटक सांसद बनेका छन् ।

सोमबार समानुपातिक तर्फबाट सांसद भएकाहरुले प्रमाणपत्र बुझ्दैछन् । एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web