रसुवा । रसुवागढी हाई्ड्रोपावर कम्पनि मार्फत शेयर लिएका रसुवाबासीले तीन वर्षसम्म त्यसलाई बिक्री गर्न नपाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले हिजो बुधबार सिद्धार्थ क्यापिटल लिमिटेडलाई पत्र पठाउदै रसुवागढी हाई्ड्रोपावर कम्पनिको प्रभावित बासिन्दाको रुपमा शेयर लिएका रसुवाबासीले तीनवर्षसम्म बिक्री गर्न नपाउने कानूनी व्यवस्था रहेको उल्लेख गरिएको छ ।
यसअघि रसुवामा भएको रसुवागढी हाई्ड्रोपावर कम्पनि र प्रभावित बासिन्दा, राजनीतिक दल, सरोकारवालाबीचको बैठकले तीन वर्षको सट्टामा तीन महिना पश्चात आफूले पाएको शेयर विक्री गर्न पाउने व्यवस्था गरिने सहमति भएको र सोही अनुसार रसुवागढी हाई्ड्रोपावर कम्पनिले नेपाल धितोपत्र बोर्डलाई जानकारी गराउने जनाएको थियो । तर, नेपाल धितोपत्र बोर्डले रसुवामा भएको सहमति कानून अनुसार नभएको र रसुवागढी हाई्ड्रोपावर कम्पनिको लागी मात्रै कानून उल्लंघन गरेर कुनै विशेष निर्णय गर्न नसकिने भएकाले विद्यमान कानूनी व्यवस्था अनुसार रसुवाको प्रत्यक्ष प्रभावित र जिल्लाबासीको हैसियतमा पाएको शेयर तीनवर्ष पछि मात्रै बिक्री गर्न पाउने उल्लेख गरिएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्णय विरुद्ध रसुवाबासी तथा रसुवाको सरोकारवाला पक्षहरुले भने असन्तुष्टि जनाएका छन् ।
22.57¡ÆC