हेटौँडा । बागमति प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।
१ सय १० सदस्यीय प्रदेशसभामा कांग्रेसले ३७ स्थान प्राप्त गरेको छ । कांग्रेसले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १२ सिट हात पारेको छ ।
प्रत्यक्षतर्फ १३ स्थानमा जितेको एमालेले समानुपातिकतर्फ १४ सिट प्राप्त गरेको छ । एमाले २७ स्थानमा बिजयी भएको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले २१ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा १४ स्थानमा जित हात पारेको माओवादीले समानुपातिकमा ७ सिट प्राप्त गरेको हो । चौथो स्थानमा राप्रपा रहेको छ । उक्त दलले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ स्थान जितेको छ ।
यस्तै, प्रत्यक्षमा ५ सिट र समानुपातिकमा २ स्थान प्राप्त गरेको नेकपा एकीकृत समाजवादीले पाँचौं स्थानमा प्राप्त गरेको छ । यसैगरी, प्रत्यक्षमा एक स्थान जितेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले समानुपातिकतर्फ २ स्थान गरी कुल ३ सिट प्राप्त गरेको छ ।
प्रत्यक्षमा १ र समानुपातिकमा १ गरी हाम्रो नेपाल पार्टीले २ स्थान जितेको छ । १ सय १० सदस्यीय वाग्मती प्रदेशसभामा प्रत्यक्षतर्फ ६६ र समानुपातितर्फ ४४ सांसद निर्वाचित भएका छन् ।
सत्तारुढ गठबन्धनले निरन्तरता पाए बागमति प्रदेसमा सहज रूपमा बहुमत पुगेको छ । सरकार बनाउन ५६ जना सांसदको समर्थन चाहिनेमा सत्तारुढ गठबन्धनमा अहिले नै ६५ सांसद रहेका छन् ।
बागमति प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीको दाबी गर्दै आइरहेका छन । नेपाली कांग्रेसको तर्फबाट नुवाकोटबाट निर्वाचित सांसद बहादुरसिंह लामा तामाङ र मकवानपुरबाट निर्वाचित सांसद् इन्द्रबहादुर बानियाँ मुख्य दाबेदारीमा रहेका छन भने माओवादी केन्द्रबाट दाबी गर्नेमा धादिङबाट निर्वाचित सांसद् शालिकराम जमकट्टेल प्रमुख रुपमा देखिएका छन् ।
यस्तै, नुवाकोटबाट निर्वाचित सांसद् राधिका तामाङले पनि मुख्य मन्त्रीको लागी आफ्नो दाबेदारीलाई पाटीभित्र लगाम बढाउनुभएको छ । केन्द्रीय नेतृत्वबीच सहमति हुन बाँकी रहेकाले मुख्यमन्त्री, साभामुख, अन्य मन्त्रीहरु कुन पाटीले पाउने भागबण्डा अझै अन्योल रहेको छ ।
19.12¡ÆC