जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्र शाही विजयी

मंसिर ८, २०७९ मा प्रकाशित | 305 views

जुम्ला । एकमात्र निर्वाचन क्षेत्र भएको जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएकाे छ । मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानेन्द्र शाहीले २२ हजार ८१९ मत ल्याएर विजयी हुनुभएकाे हाे ।

सत्ता गठवन्धनका उम्मेदवार गोमा गौतम कुँवरलाई १० हजार ८६० मतान्तरले पराजित गर्दै ज्ञानबहादुर शाही विजय हुनुभयाे । शाहीका प्रतिद्वन्द्वी सत्ता गठवन्धका उम्मेदवार नेकपा माओवादीका गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभयाे ।

भ्रष्ट्रचार विरुद्धको अभियानमा लागेका शाहीले पछिल्लो समय राप्रपामा प्रवेश गरेर प्रवक्ता हुँदै पत्रकार सम्मेलन गरेर जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएकाे थियाे । विजय भएपछि ज्ञानेन्द्र शाहीले अब आफूले राष्ट्रको नेतृत्व गर्ने बताउनुभयाे ।

जुम्लाको संसदीय निर्वाचनको ईतिहासमा २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, वि.सं २०५६ सालमा नेकपा एमालेका देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महतले विजय हाशिल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web