झापा । झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीले अग्रता कायमै राख्नुभएको छ ।
६२ सय मत गन्दा ओलीले ३२ सय १२ मत प्राप्त गर्नुभएको छ । उहाँ नेपाली कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीभन्दा १६ सय ८९ मतले अघि हुनुहुन्छ ।
कांग्रेसका उम्मेदवार डा. खगेन्द्र अधिकारीले अहिलेसम्म १५ सय २३ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ६०२ मत प्राप्त गर्नुभएको छ ।
20.12¡ÆC