नुवाकोटका उम्मेदवार : न कुनै एजेण्डा-न कुनै रणनीति

कार्तिक २०, २०७९ मा प्रकाशित
Published at 2022-11-06

112 views

त्रिशूली । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि नुवाकोटका प्रमुख राजनीतिक दल सहित स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले आआफ्नो क्षेत्रभित्र प्रचारप्रसारको कामलाई तीव्र बनाइरहेका छन् ।

मतदाता समक्ष पुगेर उम्मेदवारले आफ्ना एजेण्डा प्रस्तुत गर्दै मत मागिरहेका छन् । नुवाकोटमा विशेष गरेर गठबन्धन गरेको कारण प्रदेस र संघका नेपाली काँग्रेस र माओवादी केन्द्रका उम्मेदवारहरु सयुक्त रुपमा मतदातासँग मत मागिरहेका छन् । वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नं १ को संघमा माओवादी केन्द्रको हितबहादुर तामाङ र २ मा काँग्रेसको अजुर्ननरसिंह केसी चुनाव मत माग्न व्यस्त देखिएका छन् ।

प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को प्रदेस क मा माओवादी केन्द्रको राधिका तामाङ, ख मा काँग्रेसका रमेशकुमार महत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
यस्तै, निर्वाचन क्षेत्र न. २ को प्रदेस १ मा माओवादी केन्द्रका उम्मेदवार रामप्रसाद ढुङ्गाना र प्रदेस ख मा काँग्रेसका बहादुरसिंह लामा तामाङ उम्मेदवार भएर चुनावी प्रतिस्पर्धामा मतदाता समक्ष मत माग्न व्यस्त देखिएका छन् ।


यस्तै, नेकपा एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं १ मा बद्री मैनाली, क्षेत्र नं .२ मा नारायणप्रसाद खतिवडाले बामगठबन्धनका उम्मेदवारसगसगैँ प्रतिस्पर्धामा उत्रिएर मत माग्न व्यस्त देखिएका छन् । नेकपा एमालेको तर्फबाट निर्वाचन क्षेत्र नं १ को प्रदेस क मा सुशील खड्का र प्रदेस ख मा पूर्णलाल श्रेष्ठ उम्मेदवारको रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएर मतदाता समक्ष मत माग्न व्यस्त देखिएका छन् ।

यस्तै, नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेसतर्फ नेकपा एमालेबाट क प्रदेसमा केशवराज पाण्डे र ख प्रदेसमा बिजय लोप्चन उम्मेदवारको रुपमा प्रतिस्पर्धामा रहेका छन् । उनीहरुसंगसगैँ यसअघिको निर्वाचन परिणामले सानो बनेका दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
नुवाकोटबाट दुई संघ र चार प्रदेस गरेर ६ पदको लागी ६३ जना उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

उमेदवारहरु मध्ये बामगठबन्धनले संबिधानको रक्षा, लोकतन्त्रको जगेर्ना र बिधिको शासनको लागी भन्दै मुख्य एजेण्डा बनाएर मत मागिरहेको छ भने नेकपा एमालेले अहिलेको सरकार र बामलोकतान्त्रिक गठबन्धनलाई परमादेशी भएको आरोप लगाउदै समृद्ध नेपाल निर्माणको लागी आफ्नो पाटी र उम्मेदवारलाई मत दिनको लागी अपिल गर्दै जनताको घरदैलो, कोणासभा, आमसभा सहितको प्रचारलाई तिव्रता दिइएरहेका छन् ।

स्वतन्त्र उम्मेदवारहरुले पनि यसअघिका निर्वाचित र ठूला र गठबन्धन गरेका उम्मेदवारहरुलाई टक्कर दिने शैलीमा आफ्नो प्रचार अभियानलाई तिव्रता दिदै मतदाता माझ बैकल्पिक शक्तिको रुपमा आफूलाई प्रस्तुत गर्दै आगामी मंसिर ४ गते हुने निर्वाचनको माहोल बढाइरहेका छन् ।

तस्वीर स्केच साभार : हिमाल खबरबाट ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.