निर्वाचन पर्यवेक्षण गर्न ४७ सँँस्थाले पायो अनुमति, इन्सेकले ७५० जना खटाउने

कार्तिक २०, २०७९ मा प्रकाशित
Published at 2022-11-06

84 views

त्रिशूली । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा ४४ राष्ट्रिय र तीनवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले कुनैपनि पक्ष र विपक्षमा नलाग्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिइएको जानकारी दिनुभयो ।
उहाँको अनुसार देशभर स्वयम्सेवीका रूपमा खटिने करिब १० हजार पर्यवेक्षकले संस्थामार्फत उपलब्ध गराउने निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा उल्लेख हुने सुझावलाई निर्वाचन आयोगले ग्रहण गर्ने बताइएको छ ।

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान
यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने भएको छ । इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले एक सय ६५ निर्वाचन क्षेत्रमा सात सय ५० जनाभन्दा बढी निर्वाचन पर्यवेक्षक खटाउने जानकारी दिनुभएको छ ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले प्रजातन्त्र स्थापनापछिका सबै निर्वाचनमा इन्सेकले पर्यवेक्षण गर्दै आएको उल्लेख गर्दै यसपटक पनि निर्वाचनमा पर्यवेक्षक खटाउन लागेको बताउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.