बहुमत नतिजा गठबन्धनको पक्षमा आउने : प्रवक्ता डा.महत

कार्तिक २०, २०७९ मा प्रकाशित
Published at 2022-11-06

227 views

त्रिशूली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव् प्रवक्ता डा.प्रकाशशरण महतले मङ्सिर ४ गते हुने निर्वाचनमा बहुमत गठबन्धनको पक्षमा आउने बताउनुभएको छ ।
शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा काँग्रेस प्रवक्ता डा.महतले संविधानको रक्षा, स्थिरता र समृद्धि सुनिश्चित गर्नको लागी गठबन्धनको सरकार निर्माण हुने दाबी गर्नुभयो ।
उहाँले नेपाली जनताको पूर्ण म्यान्डेड र अनुमोदनका साथ नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्दा जुन लोकतान्त्रिक मूल्य र मान्यतामाथि यस भन्दा अघिको सरकारद्वारा प्रहार गरिएको भन्दै बामलोकतान्त्रिक गठबन्धनको निर्माणले त्यसमा अहिले सुधार आएको जिकिर गर्नुभयो ।
अहिले देश एउटा सही बाटोमा उन्मुख रहेको दाबी गर्दै काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अहिले देशमा असल नेतृत्वको आवश्यकता रहेको र त्यो नेतृत्व पनि नेपाली कांग्रेसका पार्टी सभापति तथा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले मात्रै दिन सक्ने जिकिर गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.