त्रिशूली । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण ३३ हजारभन्दा बढीमा पुगेको छ । सक्रमितको सङ्ख्या दिन÷प्रतिदिन बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । बागमती प्रदेशमा गएको साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयले जनाइएको छ । गएको साउन १ गते यता काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो ।
यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रमा चार सय ८०, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ ।
यस्तै, प्रदेशमा डेङ्गुबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो तथ्याङ्क सरकारी स्वास्थ्य सँस्था सूचिकृत भएको मात्रै भएकाले निजी अस्पताल तथा स्वास्थ्य सँस्थामा जाँच गराउने, रोगको पहिचान हुने, निधन भएपनि सरकारी सम्पर्क भन्दा बाहिर रहेकाहरुको तथ्याङ्क समावेश नभएकाले डेंगु प्रभावितको सङ्ख्या यो भन्दा अझै धेरै रहेको उल्लेख गरिएको छ ।
16.03¡ÆC