भट्टराई र मगरलाई आयोगले सोध्यो स्पष्टीकरण

कार्तिक १६, २०७९ मा प्रकाशित
Published at 2022-11-02

193 views

काठमाडौँ । निर्वाचन आयोगले एमाले उम्मेदवार योगेश भट्टराई र माओवादीका विना मगरलाई स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट एमालेका उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा आयोगले स्पष्टीकरण सोेधेको छ ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिरजङ्घा गाउँपालिका वडा नम्बर–३ सिकैचामा निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

यसैबीच निर्वाचन आयोगले कञ्चनपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका उम्मेदवार विना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । मगरले निर्वाचन क्षेत्र अन्तर्गतको बेलौरी नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत हुनेगरी २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको र आफ्नै फेसबुक पेजबाट समेत सार्वजनिक भएको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.