विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि

कार्तिक ५, २०७९ मा प्रकाशित | 407 views

काठमाडौँ । प्रविधिको प्रयोग र पहुँच बढेसँगै पछिल्लो समय भौतिकरुपमा रुपैयाँ पैसा नै नबोकिकनै कारोबार गर्न सकिने भएको छ ।

पछिल्ला दिनमा विद्युतीय भुक्तानीको कारोबारमा उल्लेख्य वृद्धि हुनुले पनि यस कुराको पुष्टि गर्छ ।

कोभिड महामारी अगाडि सामान्य रुपमा मात्रै अगाडि बढेको विद्युतीय भुक्तानी एवम् कारोबार भने अपेक्षित रुपमा अगाडि बढेको छ । राष्ट्र बैंकले विद्युतीय भुक्तानीका लागि प्रोत्साहन गरेसँगै यसको प्रयोगमा वृद्धि भएको हो ।

प्राविधिक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानीको कारोबारमा वृद्धि भइरहेको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा मात्रै विद्युतीय माध्यम प्रयोग गरी ४९ खर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा उल्लेख भए अनुसार भदौ महिनामा मात्रै दुई खर्ब ९२ अर्ब ५४ करोड ५० लाख रुपैयाँ भन्दा धेरै रकम कनेक्ट आइपिएसमार्फत कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web