थप ४६ जनामा कोरोना संक्रमण

कार्तिक १, २०७९ मा प्रकाशित
Published at 2022-10-18

100 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार पाँच सय १० जनाको नमुना परीक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १७ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या सात सय ३६ जना पुगेको छ । यस्तै थप ७० हजार नौ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा गएको साउनपछि डेङ्गी संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४९ जना पुगेको छ । ४१ हजार सात सय ४३ जनामा डेङ्गी पुष्टि भएकोमा ४९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.