चार सय मिटर हडल्समा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

अशोज ३०, २०७९ मा प्रकाशित
Published at 2022-10-16

97 views

काठमाडौँ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रङ्गशालामा भइरहेकाे एथलेटिक्सतर्फ त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन् ।

चार सय मिटर हडल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४ दशमलव १३ सेकेण्डमा पूरा गरिन् ।

जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । जयरानीले यसअघि ४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलव२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.