कृषि क्रान्तिको लागी कृषि सहकारीको भूमिका महत्वपूर्ण :नगरप्रमुख राजन श्रेष्ठ

अशोज २९, २०७९ मा प्रकाशित | 486 views

त्रिशूली । नुवाकोटको बिदुर नगरपालिका वडा नं ११ गेर्र्खुमा रहेको अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बिदुर नगरपालिका वडा नं १० र ११ अर्थात साविक गेर्खु गाविसलाई कार्यक्षेत्र बनाई सञ्चालनमा रहेको सहकारी संस्थाको आज शनिबार आयोजित बार्षिक साधारण सभामा सहकारीका प्रबन्धक निराजन प्याकुरेलले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार हालसम्म सहकारीको शेयर रकम ५६ लाख ८८ हजार र निक्षेप रकम दुई करोड २६ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

No description available.

कार्यक्रमकाृ प्रमुख आतिथी बिदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले सहकारी सँस्थाहरु निक्षेप संकलन र कर्जा लगानी गर्ने भन्दापनि बहुउद्देष्य रुपमा सञ्चालन हुनुपर्ने र कृषि क्रान्तिको लागी कृषि सहकारी सँस्थाहरुको भूमिका झनै अर्थपूर्ण रहेको बताउनुभएको छ । किसानलाई मलखाद्य, बीउबिजन, सिचाई, उत्पादन भएका सामाग्रिले बजार नपाउनुदेखि लगानी अनुसार उचित मूल्य नपाउनु लगायतका समास्यालाई सहकारीले सम्बोधन गर्नुपर्ने र त्यसको लागी आवश्यक नीति, कानून र सहयोगको कार्यक्रम नगरपालिकाले सञ्चालन गर्ने प्रबितद्धता जनाउनुभएको छ ।

No description available.
सहकारीको बार्षिक साधारण सभा कार्यक्रमा उत्कृष्ट शेयरसदस्य निरु लामा र पूर्णबहादुर थिङ, उत्कृष्ट ब्यक्तिगत बचततर्फ दाताराम प्याकुरेल र उत्कृष्ट ग्राहक शुरक्षण बचतकर्तातर्फ इन्द्रमाया आलेलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

No description available.

No description available.

No description available.
उत्कृष्ट बाल बचतकर्ता समृद्धि चालिसेलाई शैक्षिक सामाग्री र प्रमाणपत्र कार्यक्रमका प्रमुख अथिती राजन श्रेष्ठले प्रदान गर्नुभएको हो ।

यसैगरी, अजम्बरी साना किसान कृषि सहकारी संस्था लिमिटेडले आगामी दिनमा एक घर एक साना किसान भन्ने अबधारणालाई मुर्तरुप दिनका लागि बिभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्ने, पशुबिमा कार्यक्रमलाई निरन्तरता दिने, प्रत्येक अन्तर समुहमा सहकारी गोष्ठीका साथै बित्तिय साक्षरता सम्बन्धि तालिम सञ्चालन गर्ने, अबलोकन भ्रमण गर्ने लगायतको योजना रहेको सहकारीका अध्यक्ष गायत्री अधिकारीले जानकारी दिनुभएको छ ।

No description available.

आठ वर्ष अघि अर्थात २०७१ साल फागुनमा दर्ता भई सञ्चालनमा रहदै आएको अजम्बरी साना किसान कृषि सहकारी संस्थामा अहिले एक हजार ४१ शेयर सदस्य रहेका छन् ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web