कांग्रेसले बागी उम्मेदवारी दिनेहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन

अशोज २६, २०७९ मा प्रकाशित
Published at 2022-10-12

126 views

काठमाडौँ । नेपाली कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्कासन गरेको छ ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले आज बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्कासन गरिएको जानकारी गराउनुभएको हो ।

गठबन्धनका दलले हिजो मङ्गलवार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्कासन गरिएको पौडेलेले बताउनुभएको छ ।

नेपाली कांग्रेसका पूर्वसांसद अमरेशकुमार सिंहदेखि केन्द्रीय सदस्य दिनेश कोइरालासम्मले बागी उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.