नेपालबाट ३० करोड रुपैयाँ बराबरको पानी निर्यात

अशोज ३, २०७९ मा प्रकाशित | 370 views

काठमाडौँ । नेपालबाट गएकाे वर्ष ३० करोड रुपैयाँ बराबरको पानी विदेश निर्यात भएको छ।

नेपाल बोटल वाटर उद्योग सङ्घको ‘१२ औँ वार्षिक साधारण सभा एवम् दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम’मा आव २०७८/०७९ मा नेपालबाट ३० करोड बराबरको पानी निर्यात भएको जानकारी दिइएको हो ।

नेपालबाट चीन, हङकङ, कतार, दुबई, अमेरिका, अस्ट्रेलियालगायतका देशमा पानी बिक्रीवितरण हुँदै आएको सङ्घका सचिव एवम् हिमालयन वेभरेज प्रालिका सञ्चालक भरत बुढाथोकीले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले बोटलर्स नेपाल कम्पनी तराईबाट उत्पादित ‘किन्ले’, रसुवा ब्राण्डको ‘हिमालयन अनटप’, वेभ नेपाल प्रालिबाट उत्पादित ‘नेपाल स्प्रिङ’ लगायतका पानी विदेशमा निर्यात हुँदै आएका छन्।

२०६५ सालमा स्थापित नेपाल बोटल वाटर उद्योग सङ्घमा काठमाण्डौभित्रका १ सय ८२ र देशभरका ६ सयभन्दा बढी पानी उत्पादन गर्ने कम्पनीहरु आबद्ध छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले खानेपानीको गुणस्तर मापन गर्न खाद्य गुणस्तर विभागले लिँदै आएको शुल्क महँगाे भएको भन्दै त्यसलाई घटाउन माग गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web