खरानीटार । आगामी आम निर्वाचनमा नुवाकोट–क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारको रुपमा सफलता बोगटीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
नुवाकोटको लिखु गाँउपालिका–६ थानसिंह निवासी २७ वर्षीया बोगटीले आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा नुवाकोट–क्षेत्र नं. १बाट स्वतन्त्र रुपमा उम्मेदवार दिने औपचारिक घोषणा गर्नुभएको छ । स्वतन्त्र तथा बैकल्पिक शक्तिको रुपमा आफूलाई प्रस्तुत गर्दै लौरो चुनाव चिन्हबाट उम्मेदवारी दिन लागेको जानकारी औपचारिक रुपमा शनिबार घोषणा गरिएको हो ।
“घोषणापत्र, योजना तथा कार्यक्रम एव भावी रणनीति समेत विज्ञ समूह मार्फत तयारीको अन्तिम चरणमा पुगेकाले केही दिनमा नै बाहिर ल्याउन लागेका छौ ।” स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएका बोगटीले भन्नुभयो “यसअघि विभिन्न पाटीबाट प्रतिनिधि चुनिएकाहरुबाट केही नभएको र अबपनि पाटीबाट चुनिन नाम सिफारिस भएका उम्मेदवारहरुबाट आशा गर्ने ठाँउ नभएकाले आमनागरिकहरुको चाहना अनुसार स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हो ।”
स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई स्थापित गराउनुभएका बोगटीले विधि र कानूनको शासन, सुशासन, सार्वजनिक सेवालाई भ्रष्टाचारमुक्त, विकास तथा समृद्धिको परिकल्पनालाई समावेश गरेर ‘उम्मेदवार घोषणा पत्र’ तयारीको अन्तिम चरणमा पुराइएको छ ।
“आफ्नो प्रतिबद्धता पत्रमा प्रतिनिधिसभा सदस्यमा बिजयी भइसकेपछि कुन-कुन अवधिमा के–के गर्ने भनेर योजना बनाएको छु सोही अनुसार एक महिना, तीन महिना, ६ महिना, एक वर्ष हुदै पाच वर्षसम्मको योजना केही दिनमा नै सार्वजनिक गर्छु ।” स्वतन्त्र उम्मेदवारको घोषणा गर्नुभएका बोगटीले भन्नुभयो । लक्ष्य अनुसार काम गर्न नसके आफूले पद छाड्न समेत तयार हुने उहाँको प्रतिबद्धता छ ।
सामाजिक अभियन्ता, युवा व्यावसायी, महिला अधिकारकर्मीको रुपमा सक्रिय रहनुभएका बोगटीले स्नाकोत्तर तहको अध्ययन गर्नुभएको छ ।
20.12¡ÆC