एक सय ५२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

भदौ २४, २०७९ मा प्रकाशित
Published at 2022-09-09

262 views

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी तीन हजार दुई सय ९४ जनाको नमुना परीक्षण गर्दा एक सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा एक सय ३३ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा दुई हजार चार सय ४८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाउनेको विवरण भने प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.