जन-नमुना माविले दुई लाख ७६ हजार लिएपछि अख्तियारको फन्दामा

भदौ २, २०७९ मा प्रकाशित | 218 views

जन-नमुना माविले दुई लाख ७६ हजार लिएपछि अख्तियारको फन्दामा

सुर्खेत । सरकारले निःशुल्क घोषणा गरेका सामुदायिक विद्यालयहरूले विद्यार्थीहरूबाट भर्ना शुल्क लिएको भेटिएको छ। यस्तै, सामुदायिक घोषित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ६ को जननमुना माविले भर्नाका नाममा विद्यार्थीबाट दुई लाख ७६ हजार ६९० रुपैयाँ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कागजात नियन्त्रणमा लिएको हो।

विद्यालयले गत २६ साउनमा प्रकाशित कक्षा ११ को प्रवेश परीक्षाको नतिजामा उत्तीर्ण विद्यार्थीहरूबाट रकम असुल गरेको थियो। यसरी भर्ना गर्दा रकम असुलेर बिलसमेत नदिएको अख्तियारको प्रेस विज्ञप्तिमा उल्लेख छ। यस्तो असुली संविधान, उच्च अदालत सुर्खेतको २३ जेठ ०७८ को अन्तरिम आदेश तथा १ मंसिरको परमादेशविपरीत भएको भन्दै अख्तियारमा उजुरी परेको थियो।

उजुरीपछि अख्तियारको टोलीले बुधबार विद्यालयबाट विनारसिद विद्यार्थीबाट रकम असुल गरिसकेको अवस्थामा कागजात नियन्त्रणमा लिएको छ। यसबारे अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। सरकारले निःशुल्क घोषणा गरेका यस्तै अन्य सामुदायिक विद्यालयले पनि विनारसिद विभिन्न नाममा शुल्क असुल गरेको उजुरी विभिन्न प्रदेश कार्यालयबाट पनि आएको अख्तियारले जनाएको छ। ती उजुरीउपर कार्यालयहरूबाट छानबिन भइरहेको प्रवक्ता भण्डारीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web