खङ्गकुमारी पुडासैनीको उपचारमा सहयोगको अपिल

साउन २२, २०७९ मा प्रकाशित
Published at 2022-08-07

355 views

जिलिङ । नुवाकोटको बेलकोटगढी नगरपालिका–८ निवासी खङ्गकुमारी पुडासैनीको छाती र घाटीको क्यान्सर भएकाले उपचारको लागी आर्थिक सहयोगको अपिल गरेका छन् । बेलकोटगढी नगरपालिका–८ साविक जिलिङ गाविस–३ निवासी ६० वर्षका खङ्गकुमारी पुडासैनी केही समय अघिदेखि क्यान्सरबाट प्रभावित भएकाले उपचारको क्रममा धेरै रकम लाग्नेहुदाँ परिवारबाट उपचारको लागी आर्थिक सहयोगको अपिल गरिएको हो ।


बिरामी खङ्गकुमारी पुडासैनीको छोरा गोकुल पुडासैनीको अनुसार छाती र घाटीमा समस्या आएसगैँ विभिन्न अस्पतालहरु हुदै चितवनमा रहेको विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालले रोगको पहिचान गरेपछि अहिले सोही अस्पतालमा नै उपचार भइरहेको छ । उपचारमा संलग्न डा.समीक्षा आचार्यको अनुसार घाटी र छातीमा क्यान्सर देखिएकाले समयमै उपचार गर्न सकेमा निको हुने जानकारी दिइएको छ ।

No description available.उपचारको लागी यसअघि विभिन्न अस्पतालहरुमा जाँच तथा परीक्षण गराउदा आफूसंग भएको रकमहरु सबै सक्किएको र घरको आर्थिक अबस्था समेत कमजोर भएकाले उपचारमा सहयोग पुराउन खङ्गकुमारी पुडासैनीको छोरा गोकुलले आग्रह गर्नुभएको हो । उहाँहरुको आर्थिक अबस्था कमजोर भएकाले उपचारमा सहयोग पुराउनको लागी बेलकोटगढी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष सुरेशलाल चित्रकारले पनि सिफारिस गर्नुभएको छ ।


खङ्गकुमारी पुडासैनीको उपचारको लागी आर्थिक सहयोग गर्न चाहने महानुभावहरुलाई उहाँको छोरा गोकुल पुडासैनीको नाममा रहेको नबिल बैंकको खाता नं. ०६४१००१७५०२४४२ मा सहयोग रकम जम्मा गरिदिन तथा उहाँको फोन नं ९८२४२१७६०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित खवर

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.