स्तनपान सप्ताह सुरु

साउन १७, २०७९ मा प्रकाशित
Published at 2022-08-02

68 views

काठामडौ । विश्व स्तनपान सप्ताह मंगलबारदेखि सुरु भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र आमाको बिगौती दूध खुवाउनाले उनीहरूमा रोगको संक्रमणविरुद्ध लड्न मद्दत पुग्ने अध्ययनहरूले देखाएका छन् ।
युनिसेफका अनुसार नेपालमा ५५ प्रतिशत शिशुले मात्रै जन्मिएको एक घण्टाभित्र स्तनपान गराइने गरेको पाइएको छ । शिशु ६ महिनाको हुँदासम्म आमाको दूध मात्रै खुवाउन चिकित्सकहरू सुझाव दिने गरेको भएपनि केही महिलाहरुले सकेसम्म नखुवाउने समेत गरेको पाइएको छ ।
आमाको दूधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुने गरेको पाइएको छ । यसले शिशुलाई झाडापखाला, विभिन्नखाले एलर्जी तथा अन्य रोगहरूको संक्रमणबाट बचाउने गरेको छ ।
आमाको दूधले शिशुलाई कुपोषण हुनबाट बचाउँछ भने बालबालिकाको मृत्युदर १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउने पुष्टि भएको छ ।
स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम हुने चिकित्सकरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.