सानिमा बैंकको ‘मोबाइल बैंकिङ्ग एप’ चलाउदा इन्टरनेट शुल्क नलाग्ने

साउन १६, २०७९ मा प्रकाशित | 590 views

काठमाडौ । सानिमा बैंकले आफना ग्राहकहरुलाई NO DATA : NO PROBLEM (नो डाटा : नो प्रवलम)  योजना अन्तर्गत मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। यो योजना अन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउन सकिने बैँकले जनाएको छ।

मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले एपमा रहेका सबै सेवाहरु जस्तै फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोर्डभुक्तानी, मोबाइल टपअप प्रयोग गर्दा असिमित निःशुल्क इन्टरनेट डाटा प्रयोग गर्न सकिनेछ। यो योजना १ अगष्ट अर्थात साउन १६ गतेदेखि लागू भएको छ।

सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यो सेवा ल्याएको हो। सानिमा बैंकको देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा ATM संचालनमा रहेका छन्।

नुवाकोटमा विदुर शाखा सहित बेलकोटगढीको बाघखोर, किस्पाङको काहुले र शिवपुरीको शेराबगरमा सानिमा बैंकको चारवटा शाखा कार्यालय मार्फत बैंकिङ्क सेवा उपलब्ध हुदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web