जिवनोपयोगी बुद्ध दर्शन

साउन १२, २०७९ मा प्रकाशित
Published at 2022-07-28

107 views

त्रिपिटकलाइ बेद, पुराण, बाइबल, कुरान आदि जस्ता धर्मग्रन्थहरु मानिन्दैन । यसलाइ बुद्ध दर्शनका रुपमा मानिन्छ । बुद्ध दर्शनमा ३ वटा दानहरु हुन्छन :

१. बस्तुदान : यो भनेको जोसंग जे छैन त्यो कुरा उसलाइ दिनु हो । जस्तो कोहि भोकाएको छ भने उसलाइ खाना दिनु , कोहि नाङ्गगो छ भने उसलाइ लुगा दिनु आदि । तर यो दानको प्रभाव क्षणिक हुन्छ । २. ज्ञान दान : ज्ञान दान भनेको मानिसहरुलाइ जिवनमा उपयोगी हुने ज्ञान सिप अनुभव शिक्षा दिक्षा विधि प्रविधि आदी विषयहरुका बारेमा सिकाउनु हो । यो दानले ति मानिसहरुलाइ दीर्घकाल सम्म फायदा गर्छन ।

३. प्राण दान : बुद्ध दर्शनमा यस दानलाइ सबै भन्दा महान दान मानिन्छ । यो दानमा माथिका दुबै दानहरु पर्छन । यसमा कुनै कारणले मर्न आँटेको मान्छेको ज्यान बचाउन गरीने उपायहरु पर्छन । जस्तो उसलाइ मनमा सारै चिन्ता भएर उ मर्न चाहान्छ भने उसलाइ सम्झाएर बुझाएर बचाउनु पर्छ । कोहि मान्छे औषधि नपाएर मर्न आँटेको छ भने उसलाइ औषधि दिएर बचाउनु आदि यस दानमा पर्छन ।
बौद्ध दर्शनमा २ सम्प्रदायहरु छन : १. महायान सम्प्रदाय : यो सम्प्रदायमा ति मानिसहरु वा बौद्ध भिक्षुहरु पर्छन जसले मानव जातिको उच्चतम हितका लागि महान अभियानका बारेमा सोच्दछन । समग्र संसारलाइ दुखबाट मुक्त गर्न चाहान्छन । उनिहरुको मन वचन र कर्म नै उच्चकोटीको हुन्छ । २. हिनयान सम्प्रदाय : यो सम्प्रदायमा ति मानिसहरु वा बौद्ध भिक्षुहरु पर्छन जसले केवल आफ्नो व्याक्तिगत स्वार्थलाइ मात्र ध्यान दिन्छन ।

उनिहरुको सोचाइ र गराइ अति नै संकुचित भावनाको हुन्छ । उनिहरु समाजको प्रगति महिलाहरुको स्वातन्त्रता आदीको विरुद्धमा हुन्छन । यीनिहरुको जिवन सधै अभावग्रस्त हुन्छ । तर बौद्ध दर्शनका कारण यीनिहरुमा पनि अरु प्रति दया माया पे्रम सहानुभुति सद्भाव आदिको विकास गर्न गराउन चाहि सकिन्छ । बौद्ध दर्शनमा कर्मको फललाइ ३ परीणाममा प्राप्त गर्न सकिन्छ । अथवा कर्मले मान्छेलाइ देवता जस्तो उच्च श्रेणाीको पनि बनाउदछ, हामी मानव जस्तो मध्यम श्रेणीको पनि बनाउदछ र दानवहरु जस्तो निच श्रेणीको पनि बनाउदछ । यी तिन जिवहरु भन्दा अरु सबै जिवहरुलाइ बुद्ध दर्शनले निर्दोष जिव मान्दछ । चाहे त्यो गाइ होस वा बाघ । जंगली पशुहरुले गर्ने जंगली न्यायमा दर्शन मौन छ ।
बुद्ध दर्शनलाइ मध्यमार्गि दर्शन पनि भनिन्छ । मध्यमार्गि दर्शन भन्नाले आफुले चिताएको सबै चिज वा बस्तुहरु हात लाग्ने सम्भावना छैन भने आधा भए पनि हात पार्न तिर लाग । दुइ पक्ष विचमा द्धन्द भएर सबै जना स्वाहा हुनु भन्दा बरु दुबै पक्षले सहमति जुटाएर भविष्यमा आउने विनासलाइ समयमा नै हल गर्नु राम्रो हो । कसैलाइ न्याय दिंदा एउटा पक्षको मात्र कुरा सुनेर न्याय दिनु हुदैन दुबै पक्षको कुराहरु सुने पछि मात्र कसले कसलाइ अन्याय गरेको रहेछ भन्ने स्पष्ट हुनेछ । बुद्ध दर्शनमा आफ्नो घमण्ड आफै चुर गर्ने केहि नियमहरुका बारेमा बताइएको छ । भिक्षुहरुले सबै भन्दा पहिला आफ्नै घरमा गएर भिक्षा माङनु पर्छ ।

यसरी आफ्नै घरमा भिक्षा मागे पछि भिक्षुका सबै अहंकारहरु समाप्त भएर जानेछन । त्यसैले गौतक बुद्धले भिक्षु भए पछि स्यं आफ्नै घरमा गएर भिक्षा मागेका थिए । मानिसको जिवनमा वा मानसिक प्रकृयामा देखा पर्ने काम क्रोध लोभ मोह मद र मात्सर्य (इश्र्या वा डाहा) वाट आफुलाइ टाढा राख्नु पर्छ । नत्र जिवनलाइ यीनिहरुले नै सखाप पारी दिन्छन ।
बौद्ध दर्शन अध्यात्मिक दर्शन होइन । बौद्ध मार्गिहरु भाग्यमा कहिल्यै विश्वास गर्दैनन् । संसारको उत्पति पालन र विनासमा कुनै पनि इश्वराधिन छ भन्ने कुराको यो दर्शनले विरोध गर्छ । बौद्ध मार्गिहरु सबै र सधै कर्मबाट मात्र मोक्ष मिल्छ भन्ने विश्वास गर्छन । त्यसैले धेरै नेपाली बौद्ध भिक्षुहरुको नाम कर्मा हुन्छ । उनिहरुले अध्यात्मिक दर्शनलाइ पानीमा लेखिएको अक्षर जस्तै कुनै कामै नलाग्ने विषय मान्दछन । पानीमा अक्षर लेख्यो लेख्न नपाइ विलाइ हाल्छ । कर्म भनेको चाहि शिला लेख जस्तै हो । ढुङ्गामा लेखिएका लेखहरु हत्तपत्त मेटिन गह्रो हुन्छ । जिवनमा यस्तै कर्म गर्नुपर्छ कि आफुले गरेको काम पुस्तान्तरण र हस्तान्तरण हुँदै जावस ।
बुद्ध दर्शनको व्यावहारिक पक्ष भनेको यदि तिमी कसैलाइ कुनै दान दिदैछौ भने दान लिने मान्छेका आवश्यकताहरुलाइ पहिलो प्राथामिकता देऊ । जस्तो तिमी उसलाइ कुनै विषयको ज्ञान दान दिदैछौ तर ऊ भोकै छ भने उसलाइ पहिला खाने कुराहरु खुवाएर अघाएर मात्र ज्ञानको प्रचार गर्न थाल नत्र उसको मन भोक वा खानामा हुन्छ र तिम्रो जति नै उत्तम ज्ञान भए पनि उसले सुन्न बुझ्न वा व्यावाहारमा उतार्न सक्दैन । तिमीले जसलाइ जे दान दिन्छौ त्यसले उसको जिवनमा योग्यता प्रतिभा दक्षता र दक्षता बढोस । आज भन्दा २६ सय वर्ष पहिले देखि भनिन्दै सुनिन्दै र गरीन्दै आएको बुद्ध दर्शनको प्रभाव विश्वका विकसित देशहरुको मानक नै बनेको छ । जसतो अमेरिकाको राष्ट्रिय नारा भने कै अमेरिकी नागरिकहरुको जिवनको मुख्य लक्ष्य भनेको जिवनमा स्वातन्त्रता र सुखको खोज हो भनिएको छ ।

मानव बिकास सुचाङ्गमा अब्बल मानिएको नर्वेको विकासको मेरुदण्ड भनेको सामाजिक न्याय, आर्थिक समानता र व्याक्तिगत स्वातन्त्रता नै हुन । यो पृथ्वी हामी सबै मानव जातिहरुको साझा घर हो । मानव मस्तिष्कबाट सृजना भएका सबै प्रकारका ज्ञान वा आविस्कारहरुको हिस्सेदार बन्न वा सबै मानिसहरुले उपभोग गर्न पाउनुपर्छ । बुद्ध दर्शनलाइ व्यावहारमा उतारेर हामी पनि सबै प्रकारका मानसिक र भौतिक गरिवीहरुबाट मुक्त बन्नु पर्छ ।

✍️ सफलता बोगटी, जन्मस्थान, नुवाकोट । हाल : काठमाडौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.