एसईई : कुन प्रदेशको नतिजा कस्तो ?

साउन ११, २०७९ मा प्रकाशित | 467 views

एसईई : कुन प्रदेशको नतिजा कस्तो ?

काठमाडौ । राष्ट्रिय परिक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा बुधबार सार्वजनिक भएको छ। एसईईमा ३ दशमलव ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ।

चार लाख ९५ हजार ७५१ जना विद्यार्थी सहभागी रहेको परीक्षा बोर्डले जनाएको छ। कोभिड १९ महामारीका कारण दुई वर्षपछि विद्यार्थीले परीक्षा दिएका थिए।

परीक्षामा २२ हजार ६४० जना अनुपस्थित भएको देखिएको छ। जुन कुल सहभागीको ४ दशमलव ५७ प्रतिशत हो। परीक्षा बोर्डले आठ वटा ग्रेड विभाजन गरेर नतिजा प्रकाशन गरेको छ।

कुन प्रदेशमा कति उत्तीर्ण ?

सबैभन्दा बढी बागमती प्रदेशमा विद्यार्थी उत्तीर्ण भएका छन्। बागमती प्रदेशमा एक लाख सात हजार ४२५ जना उत्तीर्ण भएका छन्। यो कुन उत्तीर्णको २१.६७ प्रतिशत हो।

त्यसपछि लुम्बिनी प्रदेशमा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्। यस प्रदेशमा ८६ हजार ४८७ उत्तीर्ण भएका छन् । जुन कुल उत्तीर्णको १७.४५ प्रतिशत हो। तेस्रो नम्बरमा प्रदेश नम्बर १ मा ८४ हजार ४९१ विद्यार्थी उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको १७.०४ प्रतिशत हो।

चौंथो नम्बरमा मधेश प्रदेशमा ७६ हजार ८४७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यो कुल उत्तीर्णको १५.५ प्रतिशत हो। पाँचौ नम्बरमा सुदूरपश्चिममा ५७ हजार १० विद्यार्थी उत्तीर्ण भएका छन् यो कुल उत्तीर्ण संख्याको ११.५ प्रतिशत हो।

छैठौं नम्बरमा गण्डकी प्रदेशमा ४६ हजार १२९ जना विद्यार्थी उत्तीर्ण भएक छन्। जुन कुल उत्तीर्णको ९.३० प्रतिशत हो। सबैभन्दा कम कर्णाली प्रदेशमा ३७ हजार ३६२ जना उत्तीर्ण भएका छन्। जुन कुल उत्तीर्णको ७.५३ प्रतिशत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web