काँग्रेसको उम्मेदवारलाई हराउन खोज्ने १७ जनालाई कारबाहीको सिफारिस

साउन १०, २०७९ मा प्रकाशित
Published at 2022-07-26

250 views

त्रिशूली । नेपाली काँग्रेसबाट पाटीको आधिकारिक उम्मेदवारलाई हराउन लागेको भन्दै सूर्यगढी गाँउपालिका वडा नं. ४ को वडा कार्यसमितिले १७ जनालाई कारबाहीको लागी सिफारिस गरेको छ ।
वडाले कारबाहीको लागी सिफारिस गरेका व्यक्तिहरुलाई कारबाही अनुमोदन गर्न माथिल्लो निकायलाई आग्रह गर्दै ती व्यक्तिहरुलाई पाटीको क्रियाशिल सदस्यता समेत नविकरण नगर्ने निर्णय गरेको हो ।
वडा कार्य कार्यसमितिको सभापति तथा वडाध्यक्ष रामशरण राईको सभापतित्वमा बसेको बैठकले काँग्रेसका क्रियाशिल सदस्य लिएर पनि विपक्षी पाटीको तर्फबाट उम्मेदवार भएको भन्दै वडा नं. ४ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार उठेका मोहन गिरी, नेकपा माओवादी केन्द्रको उम्मेदवार उठेका सुरेन्द्रबहादुर तामाङ, मंगोल नेशनल अग्रनाइजेसनबाट उम्मेदवार बनेका मधुबहादुर तामाङ, राप्रपामा लागेका सिताराम गिरीलाई कारबाहीको लागी सिफारिस गरेको छ ।
यस्तै, पाटीको क्रियाशिल सदस्य भएरपनि काँग्रेसका उम्मेदवारलाई हराउन र विपक्षी उम्मेदवारलाई जिताउन कोशिस गरेको भन्दै प्रविण तामाङ, समिर तामाङ र पादे तामाङलाई पनि कारबाहीको लागी वडा कार्यासमितिले सिफारिस गरेको छ ।
यस्तै, अन्य वडाले जस्तै वडा नं. ४ ले पनि गाँउ कार्यसमितिका सभापति शंकर प्याकुरेल सहित उप–सभापति रामकुमार गिरी, सचिव शंकर–सन अधिकारी र सह–सचिव प्रकाश भट्टराईलाई कारवाहीको लागी सिफारिस गरेको छ ।
यस्तै, कारबाहीमा पर्ने अन्यमा नेपाल तरुण दल नुवाकोट सचिव सुवन गिरी, सूर्यगढी–काठमाडौ सम्पर्क मञ्चका अध्यक्ष दिपेन्द्र गिरी, क्षेत्र नं .१ को क्षेत्रीय सदस्य ईन्द्रप्रसाद लामिछाने (रञ्जन), नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) को सह–सचिव सचिन्द्रकुमार अधिकारी र क्रियाशिल सदस्य राजन गिरी र पशुपति गिरीलाई कारबाही लागी वडा नं. ४ को वडा ईकाले सूर्यगढी गाँउ कार्र्य समितिलाई सिफारिस गरेको हो ।
वडा नंं ४ मा पाटीको आधिकारिक उम्मेदवार रामशरण राईलाई हराउनको लागी विपक्षी पाटीको उम्मेदवार बन्ने, विपक्षी पाटीको बुथ प्रतिनिधि बस्ने, खुलेआम विपक्षी पाटीलाई मत माग्ने र मत दिन दबाब दिएपनि नेपाली काँग्रेसकै उम्मेदवार निर्वाचित भएको थियो ।

वडा नं. ४ को कार्यसमितिको बैठकको निर्णय यस प्रकार रहेको छ ।

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

No photo description available.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.