थप ४ सय ३५ जनामा कोरोना पुष्टि

साउन ५, २०७९ मा प्रकाशित
Published at 2022-07-21

154 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा चार सय ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय ६९ जनाको नमुना परीक्षण गर्दा चार सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा कोरोना भाइरसकाे सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यही अवधिमा ५६ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा दुई हजार पाँच सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसविरुद्ध खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.