विदेश जानेलाई विमानस्थलमै २०० डलरसम्म सटही सुविधा

साउन ४, २०७९ मा प्रकाशित | 555 views

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मनिचेञ्जरलाई पनि डलर सटही सुविधा दिएको छ । नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै मनिचेञ्जरलाई पनि २०० डरलसम्मको सहटी सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो ।

‘परिवर्त्य विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त गर्ने मनिचेञ्जरले विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत अधिकतम दुई सय अमेरिकी डलरसम्मको सटही सुविधा प्रदान गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको परिपत्रमा भनिएको छ ।

नेपाल राष्ट्र बैंक मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम ९ को उपविनियम (४) को खण्ड (घ) को व्यवस्था बमोजिम उक्त सुविधा प्रदान गरेको राष्ट्र बैंकले जनाएको छ ।

भारतबाहेक तेस्रो मुलुकमा भ्रमणमा जाने नेपाली नागरिकहरूलाई १ हजार ५०० डर र सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत २०० डलर बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिने व्यवस्था यथावत रहेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख तथा कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् ।

तर, सोही सीमा नबढ्न गरी अन्तर्राष्ट्रिय विमानस्थलमा सम्बन्धित कार्यालको स्वीकृत लिएर विदेशी मुद्रा बिक्री गर्ने अनुमति पाएका मनिचेञ्जरले २०० डरलसम्म सटही गर्न सक्ने व्यवस्था गरेको उनले बताए ।

वैदेशीक रोजगारीमा जानेका लागि राहदानीबापत २०० डरल र भ्रमणमा जानेका लागि १ हजार ५०० डलरको सीमा यथावत रहेको उनले बताए । राहदानी हेरेर उक्त सीमा नबढ्ने गरी विमानस्थलमा रहेको राष्ट्र बैंकबाट डलर कारोबारको स्वीकृत लिएका मनिचेञ्जरले उक्त सेवा प्रदा नगर्न पाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web