थप ३ सय ५७ जनामा कोरोना पुष्टि

साउन ३, २०७९ मा प्रकाशित
Published at 2022-07-19

232 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६२ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । केही दिनयता सङ्क्रमण बढ्दै गएकाले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ सय ८२ जना पुगेको छ ।

थप ३६ हजार तीन सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.