
काठमाडौँ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा हैजाका बिरामीको बढ्दै गएका छन् । आइतबारसम्म ३१ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार नुवाकोट कंकनीका एक युवकमा हैजा देखिएसँगै संक्रमित संख्या ३१ पुगेको हो ।
हैजा देखिएकामध्ये १४ वर्षमुनिका ६ जना बालबालिका रहेका छन्।
हैजा देखिएकामध्ये तीन जनाको उपचार भइरहेको छ । अन्य बिरामी निको भएर घर फर्किसकेको छन् ।
पहिलो पटक काठमाडौंको बागबजार क्षेत्रमा असार २ गते दुई जनामा हैजा देखिएको थियो । त्यसपछि बिरामीको संख्या बढ्दै गएकोछ ।