कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो

असार २९, २०७९ मा प्रकाशित | 510 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार जना नाघेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६ जना सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय निको हुनेभन्दा थपिने सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ ।

२४ घण्टामा ४५ जना सङ्क्रमित निको भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ६३ हजार ३ सय ८७ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web