बूढीगङ्गाको मेयर र उपमेयरमा एमाले विजयी

असार २६, २०७९ मा प्रकाशित | 567 views

बाजुरा । बाजुराको बूढीगङ्गा नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत ल्याउनुभयो । यस्तै उपमेयरमा एमालेकी माया कुँवरले चार हजार सात सय २७ मत ल्याएर विजयी हुनुभयो भने पराजित हुनुभएकी कांग्रेसकी रीता शाहीले तीन हजार सात सय ५५ मत ल्याउनुभयो ।

बूढीगङ्गाका १० वटा वडामध्ये सात वटा एमालेले जितेको छ । तीन वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ ।

बूढीगङ्गामा नयाँ जनप्रतिनिधि चुन्न गएको बिहीवार पुनः मतदान भएको थियो । गएको वैशाख ३० गते भएको चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले पुनः मतदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web