थप १ सय २ जनामा संक्रमण पुष्टि

असार २५, २०७९ मा प्रकाशित | 496 views

काठमाडौँ । नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web