काठमाडौं । झापासहितका पूर्वी तराईमा नाइरोबी फ्लाई किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।
दमक अस्पतालका छालारोग विशेषज्ञ डा. गुरु पौडेलले दैनिक रुपमा ५० जनाभन्दा बिरामी नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आइरहेको बताए ।
दमकमा यस किराको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । वर्षापछि किराको फैलावट भइरहेको डा. पौडेल बताउँछन् । ‘एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका गरिसकेको छु,’ पौडेलले भने, ‘वर्षाको मौसममा अघिल्लो वर्षमा थोरै संख्यामा बिरामी आउँथे । तर, यस वर्ष भने संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।’
बिहीबार पानी फोका रातो धर्का भएको एलर्जी समस्या लिएर काठमाडौँको निजामति कर्मचारी अस्पतालमा एक मानिस आइपुगेका थिए । उक्त समस्या नाइरोबी फ्लाईको संक्रमणको कारण भएको अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीले जानकारी दिए ।
23.19¡ÆC