कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय नाघ्यो

असार २३, २०७९ मा प्रकाशित | 497 views

काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय जना नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ७८ जनामा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय आठ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार पाँच सय १५ जनाको नमुना परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।

यही अवधिमा २३ जना काेराेना सङ्क्रमणमुक्त भएका छन् । २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यही अवधिमा ८८ हजार ६ सय ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web