१ सय १३ जनामा कोरोना पुष्टि, २ जनामा ‘ ‘बीए ५’ सब भेरियन्ट

असार २२, २०७९ मा प्रकाशित | 488 views

काठमाडौँ । पछिल्लो २४ घण्टामा एक सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी दुई हजार सात सय २४ जनाको नमुना परीक्षण गर्दा एक सय १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप २० जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । अहिले नेपालमा चार सय ७१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ९४ हजार ४० जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएकाे छ ।

यसैबीच नेपालमा दुई जनामा कोरोना भाइरसको बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हिजो मङ्गलवार गरिएको ३२ वटा नमुनाको जिन सिक्वेन्सिङमा दुई जनामा बीए ५ सब भेरियन्टको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्राले जानकारी दिनुभयो । यसमध्ये एक नमुना केन्द्रीय डायगोनिस्टिक सेन्टर र अर्को बेहलिया नाकाबाट प्राप्त भएको हो ।

प्रवक्ता मिश्राले बीए २ र बीए १ सब भेरियन्टको फैलावटलाई विस्थापित गर्दै बीए ५ सब भेरियन्ट सक्रिय बनेको बताउनुभयो । बीए ५ यसअघिका अरू सब भेरियन्टभन्दा बढी सङ्क्रामक रहेकाले स्वास्थ्यका मापदण्ड पालनामा बढी सचेत हुन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web