आशा लघुवित्त वित्तीय सँस्था मार्फत विद्यार्थीलाई शैक्षिक सामाग्रि उपलब्ध

असार १९, २०७९ मा प्रकाशित | 802 views

त्रिशूली । नुवाकोटमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय सस्ँथा लिमिटेडले ककनी गाँउपालिका–६ मदानपुरमा रहेको नवदुर्गा भवानी आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान गरेको छ ।
आशा लघुवित्त वित्तीय सस्ँथाको मदानपुर शाखा मार्फत उक्त विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई कापी, कलम, डटपेन सहितको शैक्षिक सामाग्रि उपलब्ध गराएको सँस्थाका शाखा प्रबन्धक सन्दिप महर्जनले जानकारी दिनुभयो ।
उहाँको अनसार कार्यालयको ‘सँस्थागत सामाजिक उत्तरदायित्व कोष’ मार्फत शैक्षिक क्षेत्रमा सहयोग पुराउने उद्देष्यले विद्यार्थीलाई शैक्षिक सामाग्रि प्रदान गरिएको हो । सँस्थाको कार्यक्षेत्र भित्र अर्थात सँस्थाका सदस्यहरुको सन्तती अध्ययन गर्ने विद्यालयमा उपलब्ध गराइएको शैक्षिक सामाग्रिले बालबालिकामा अध्ययनप्रतिको रुची बढ्ने, पढाई प्रतिको मनोबल बृद्धि हुने तथा अभिभावकलाई समेत शैक्षिक सामाग्रि खरिदमा ंआर्थिक राहत पुग्ने विश्वास लिइएको विद्यालयका सहायक प्रधानध्यापक रमेश कुंवरले जानकारी दिनुभयो । उहाँको अनुसा बालकक्षादेखि कक्षा ८ सम्म अध्ययनरत सबै विद्यार्थीलाई सँस्थाले करीब ३० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्रि उपलब्ध गराएको छ ।
नुवाकोटको ककनी गाँउपालिका–६ जुरेथुम (पैतिसकिलो)मा केन्द्रीय कार्यालय सहित शाखा कार्यालय मार्फत ककनी गाँउपालिका र बेलकोटगढी नगरपालिकाको ग्रामीण क्षेत्रका सदस्यहरुलाई सँस्थाले सेवा पुराउदै आइरहेको छ ।
मदानपुर शाखा मार्फत जिल्लाको ककनी गाँउपालिका र बेलकोटगढी नगरपालिकाको विभिन्न स्थानका एक हजार २० जना सदस्यहरुलाई वित्तिय सेवा उपलब्ध गराउदै आएको छ ।
आशा लघुवित्त बित्तीय सँस्थाको नुवाकोटमा मदानपुर सहित विदुर नगरपालिका वडा नं. ५ देवीघाटमा शाखा कार्यालय रहेको छ ।
विसं २०७३ सालमा स्थापना भएको सँस्थाले सातवटै प्रदेशको विभिन्न ५५ स्थानमा शाखा कार्यालय मार्फत ग्रामीण क्षेत्रमा समूह बनाएर त्यसमा आबद्ध हरेका सदस्यहरुलाई कर्जा प्रवाह), बचत संकलन सहित रेमिट्यान्स सेवा दिदै आइरहेको छ ।

May be an image of text

No description available.

No description available.No description available.

May be an image of 1 person

No description available.

No description available.

No description available.

May be an image of 5 people, people standing and indoor

May be an image of 3 people, child, people standing and text that says "श्री नवदुगा भवानी आधारभूत विद्यालय SHREE NAWADURGA BHAWANI BASIC SCHOOL ककनी-६ नुवाकोट स्थापना: २०४५ *"

May be an image of 13 people, child, people standing and text that says "श्री नवदर्गा भवानी आधारभूत विद्यालय SHREE NAWADURGA BHAWANI BASIC SCHOOL ककनी-६, नुवाकोट स्थापना: २०४५ EXERCIS"

May be an image of 6 people and people standingMay be an image of 10 people, child and people standing

तस्वीर सौजन्य : आशा लघुवित्त वित्तीय सस्ँथा मदानपुर शाखाका प्रबन्धक सन्दिप महर्जन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web