जसपाको केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने

असार १८, २०७९ मा प्रकाशित | 395 views

काठमाडौँ । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक वीरगञ्जमा बस्ने भएको छ । बैठक यही असार २७ र २८ बोलाइएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।

पछिल्लो समय संघीय परिषद् अध्यक्षसमेत रहेका डाक्टर बाबुराम भट्टराई पक्ष जसपाभित्र असन्तुष्ट छ । भट्टराई करिब पार्टीबाट अलग हुने स्थितिमा पुगेका छन् भने अध्यक्ष उपेन्द्र यादवले पनि आफूलाई स्वकार गर्न नसक्ने भए अलग हुन सन्देश दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web